logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • मनकामना इन्जिनियरिङ हाइड्रोपावरकाे आईपीओ बाँडफाँड

    मनकामना इन्जिनियरिङ हाइड्रोपावरकाे आईपीओ बाँडफाँड

    546
    SHARES
    मनकामना इन्जिनियरिङ हाइड्रोपावरकाे आईपीओ बाँडफाँड

    काठमाण्डौ । आज मनकामना इन्जिनियरिङ हाइड्रोपावरको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीले असार १९ गतेदेखि वैदेशिक रोजगारीमा गएकाहरूका लागि र स्थानीयवासीको लागि आईपीओ बिक्री खुलाएको थियो ।



     

    साधारण सेयरको बिक्री प्रबन्धक बीओके क्यापिटलले आज सेयर बाँडफाँड गरेको हो । कम्पनीको जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशतका दरले हुन आउने ८ लाख कित्ता सेयर स्थानीयबासीलाई छुट्टाएको थियो । यस्तै, वैदेशिक रोजगारीमा जाने जानेलाई २ लाख कित्ता सेयर छुटाइएको थियो ।

     

    यसमध्ये स्थानीयवासीले १ लाख ८३ हजार ३८० कित्ता सेयर आवेदन गरेका थिए । यस्तै, वैदेशिक रोजगारीमा गएकालाई छुट्ट्याइएको सेयरमा भने आवेदनभन्दा धेरैको माग परेको छ । २ लाख सेयर छुटाइएकोमा ६ लाख २६ हजार कित्ताभन्दा धेरैको आवेदन परेको थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, १६ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट