काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटेल ठमेल पार्कबीच आज छुट सम्झौता भएको छ। यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकले उक्त होटेलमा सेवा तथा सुविधाहरु लिएवापतको शुल्क समृद्धि फाइनान्सको मोबाइल बैंकिङ, डेबिट कार्ड तथा क्यूआर प्रयोग गरी भुक्तान गर्र्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन्।
त्यस्तै उक्त होटेलमा स्पामा २० प्रतिशत, फुड र वेभरेज तथा कोठामा १५ प्रतिशत छुट प्राप्त गर्ने छन्। यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ। सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनी र होटेल ठमेल पार्कका तर्फबाट व्यवस्थापक प्रमुख कृष्णप्रसाद ढकालले हस्ताक्षर गरेका छन्।
फाइनान्सले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ। आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधा प्रदान गरिरहेको छ।
अर्थ चाैतारी ।