काठमाण्डौ । आइसिएफसि फाइनान्सले गत वर्ष झण्डै ५५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत असारसम्म फाइनान्सको खुद ब्याज आम्दानी ५४ करोड ९३ लाख ९३ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ४७ करोड ६ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत आर्थिक वर्षको असारसम्म १६ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले २० करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । फाइनान्ससँग वितरणयोग्य नाफा ९ करोड २४ लाख ७७ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ र जगेडा कोष ५७ करोड ३३ लाख ३६ हजार रुपैयाँ रहेको छ । गत वर्ष फाइनान्सले १५ अर्ब ९८ करोड ६८ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ७६ करोड ८१ लाख २३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
फाइनान्सको खराब कर्जा ०.५४ प्रतिशतबाट बढेर १.९९ प्रतिशत पुगेको छ । यस्तै, फाइनान्सको आधार दर १३.०५ प्रतिशत, स्प्रेड दर ४.५९ प्रतिशत, कस्ट अफ फण्ड १०.६९ प्रतिशत र सीडी रेसियो ७३.७२ प्रतिशत रहेको छ ।
अर्थ चाैतारी ।