काठमाण्डौ । गोर्खाज फाइनान्सले गत वर्ष १५ करोड ६७ लाख ६१ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा फाइनान्सको यस्तो नाफा ३५ करोड १२ हजार रुपैयाँ ऋणात्मक थियो ।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी बढेर ३६ करोड ६१ लाख ३९ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १८ करोड ३३ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ र जगेडा कोष ९९ करोड ८३ लाख ५९ हजार रुपैयाँ सञ्चिती छ । गत वर्ष फाइनान्सले ७ अर्ब ७२ करोड ८४ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४९ करोड ४० लाख ११ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत वर्ष फाइनान्सले खराब कर्जा घटाएको छ । १३.९१ प्रतिशत रहेको खराब कर्जा घटाएर १०.४७ प्रतिशतमा झारेको हो । यस्तै, फाइनान्सको कस्ट अफ फण्ड ८.८४ प्रतिशत, आधार दर १२.१३ प्रतिशत, स्प्रेड दर ४.५७ प्रतिशत र सीडी रेसियो ८०.२५ प्रतिशत रहेको छ ।
अर्थ चाैतारी ।