logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • मनकामना अस्पतालको लापरवाहीले गर्भवतीको मृत्यु,साढे २७ लाख क्षतीपूर्ति दियो

    मनकामना अस्पतालको लापरवाहीले गर्भवतीको मृत्यु,साढे २७ लाख क्षतीपूर्ति दियो

    494
    SHARES
    मनकामना अस्पतालको लापरवाहीले गर्भवतीको मृत्यु,साढे २७ लाख क्षतीपूर्ति दियो

    काठमाण्डौ । चितवनको मनकामना अस्पतालमा उपचारका क्रममा गर्भवतीको मृत्यु भएको घटनामा अस्पतालले गल्ती स्वीकार गरेको छ । अस्पतालमा गएराती भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा मृत्यु भएको थियो । आज आफन्त र अस्पताल प्रशासनविच भएको वार्तामा अस्पतालले गल्ती स्वीकार गरेको हो । उपचारका क्रममा चिकित्सकले साल निकाल्ने क्रममा लापरवाही गरेपछि मृत्यु भएको अस्पतालले स्वीकार गरेको स्रोतले बताएको छ ।



    सहमती अनुसार अस्पतालले गल्ती स्वीकारदै पिडित पक्षलाई २७ लाख ५० हजार रुपैंया दिएको छ । वार्ताकै क्रममा पिडित पक्षलाई अस्पतालले चेक हस्तान्तरण गरेको वार्तामा सहभागि आफन्तले बताए । ‘सुरुमा आफन्तले ४० लाख डिमाण्ड गरेको थियो, अस्पतालले १० लाख मात्रै दिने भनेको थियो । पछि २७ लाख ५० हजारमा सहमती भयो, स्रोतले भन्यो ।’ चार महिने गर्भवतीको मृत्यु भएपछि मृतकका आफन्तहरुले चिकित्सकले लापरवाही गरेको भन्दै दिनभर अस्पताल घेराउ गरेका थिए । शनिबार दिनभर भएको अस्पताल प्रशासन र आफन्तहरु विचको वार्तामा अस्पतालले गल्ती स्वीकारेपछि शव उठाएको मृतकका देवर सन्तोष चौधरीले बताए ।

     

    चार महिनाको गर्भपतनको लागि अस्पताल आएकी उनको अपरेसन पछि अत्याधिक रक्तश्राव भएर मृत्यु भएको हो । अस्पतालमा केहीबेर तनाबको अवस्था समेत सृजना भएको थियो । अस्पताल प्रशासनले दिनभर प्रहरीको सुरक्षा घेरा लगाएको थियो । घटनाको बिषयमा अस्पतालले आधिकारीक रुपमा जानकारी गराएको छैन ।

    यता स्वास्थ्य कार्यालय चितवनले मनकामना अस्पताल गर्भपतन सेवाका लागि अनुमती नलिएको जनाएको छ । कार्यालयकी जनस्वास्थ्य नर्स अधिकृत नन्दकली चपागाईँले कानुनी रुपमा अस्पतालले स्वीकृत नलिएको बताइन ।
    उनले भनिन, २३ वटा सरकारी र नीजि अस्पताल र स्वास्थ्य संस्थाहरुले गर्भपतनका लागी अनुमती लिएका छन्,तर मनकामना अस्पतालले अनुमति लिएको हामीसंग कुनै रेकर्ड छैन । उनले अनुमती नलिइ गर्भपतन गराउन नपाइने बताइन ।

     


    अर्थ चाैतारी
  • आइतबार, २१ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट