logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • अप्पर लोहोरे खोला हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

    अप्पर लोहोरे खोला हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

    975
    SHARES
    अप्पर लोहोरे खोला हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

    काठमाण्डौ । अप्पर लोहोरे खोला हाइड्रोपावरले साउन १८ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिने आज साउन २२ गतृ अन्तिम दिन हो ।



     

    कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ । अब ३९ हजार ७६५ कित्ता सेयरसेमा कर्मचारी, ९९ हजार ४१२ कित्ता सेयरमा सामूहिक लगानी कोष र स्थानीय बासिन्दाले आवेदन नदिएको सेयरसहित १९ लाख ५३ हजार २७९ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको सेयरमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् लगानीकर्ताले आवेदन दिन सक्ने छन् । केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।


    अर्थ चाैतारी
  • सोमबार, २२ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट