काठमाण्डौ । विराटनगर महानगरपालिकाभित्रका कुनै पनि स्वास्थ्य संस्थाले डेंगी परीक्षण गर्दा ६०० रुपैयाँभन्दा बढी लिन नपाउने भएका छन् । सोमबार महानगर र सरोकारवालाको बैठकबाट डेंगीको परीक्षण शुल्क तोकिएको हो ।
किटमार्फत डेंगी परीक्षण गर्दा स्वास्थ्य संस्थाले जथाभावी शुल्क लिने गरेको गुनासो आएपछि महानगरले सरोकारवालासित बैठक राखेको थियो ।
विराटनगर महानगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाले किटबाट डेंगी परीक्षण गर्दा ६०० रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरिएको महानगरका स्वास्थ्य महाशाखाका प्रमुख हैदर अलीले बताए ।
अर्थ चाैतारी ।