काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सले स्थापनाको छैटौं वर्ष पुरा गरेको अवसरमा सातवटै प्रदेशमा वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलका अनुसार, छैटौं वर्ष पुरा भएको अवसरमा सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै सातवटा प्रदेशका विभिन्न १३ स्थानमा वृहत स्वास्थ्य शिविर कार्यक्रम गरिएको बताएका छन् ।
कोशी प्रदेशको बिर्तामोड, बुधबारे, इनरुवा, धनकुटा तथा ओखलढुंगामा आँखा शिविर र धनकुटामा दन्त शिविर कार्यक्रम गरिएको छ । त्यस्तै मधेश प्रदेशमा बारा, जीतपुर कलैयामा जनरल स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।त्यस्तै बागमती प्रदेशको चापागाउँ स्वास्थ्य चौकीमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको समन्वयमा आँखा शिविर कार्यक्रम गरिएको छ । त्यस्तै गण्डकी प्रदेशको शुक्लागण्डकी ११ामा जनरल स्वास्थ्य जाँच शिविर संचालन गरिएको छ । लुम्बिनी प्रदेशको गुल्मी तथा कर्णाली प्रदेशको तातोपानी गाउँपालिका जुम्लामा दन्त शिविर संचालन गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको कैलालीस्थित टिकापुरमा जनरल स्वास्थ्य जाँच शिविर, धनगढीमा दन्त शिविर र बेलौरीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर संचालन गरिएको छ । भाद्र १ गते आसन्न आफ्नो छैटौं वार्षिकोत्सव मनाउने क्रममा यस अघि आई. एम. ई. लाइफ इन्स्योरेन्सले खिर खाने दिनमा महिला अभिकर्ताहरुको सम्मान कार्यक्रम, आरुष अस्पताल, ललितपुरको समन्वयमा जीवनशैली जनित रोगहरुको बारेमा अभिकर्ताहरु माझ जनचेतना कार्यक्रम, धरानमा १००० बृक्षारोपण कार्यक्रम, देशैभरि मानव सेवा आश्रम, बाल आश्रम, ज्येष्ठ नागरिक आश्रम आदिमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गरेको थियो ।
कार्यक्रमहरुमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा सशक्तिकरणकालागि वित्तिय जनचेतनाको कार्यक्रम, जीवन बीमाबारे जनचेतनाका लागि प्रभातफेरी कार्यक्रम तथा देशैभरि रक्तदान कार्यक्रमहरु गरि आफ्नो छैटौं वार्षिकोत्सव मनाउन गइरहेको आइएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।
आफ्ना ग्राहक वर्गहरुमा सर्वसुलभ पहूँच, उत्कृष्ट बीमालेखन, झन्झटमुक्त दाबी र व्यवसाय अनुकुलको समाधान गर्ने लक्ष्य रहेको छ । जीवन बीमाबारेमा जनचेतना वृद्धि गर्ने, जीवन बीमा सुविधाहरुको माध्यमबाट ग्राहकहरुको वित्तीय सुरक्षालाई बढावा दिने तथा राष्ट्रको विकासमा योगदान दिने परिकल्पनाका साथ आइएमईलाइफ इन्स्योरेन्स सञ्चालनमा आएको कम्पनीले जनाएको
अर्थ चाैतारी ।