logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सिटिजन्स बैंकका ग्राहकलाई विराट मेडिकल सेन्टरमा विशेष छुट

    सिटिजन्स बैंकका ग्राहकलाई विराट मेडिकल सेन्टरमा विशेष छुट

    663
    SHARES
    सिटिजन्स बैंकका ग्राहकलाई विराट मेडिकल सेन्टरमा विशेष छुट

    काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई सुनसरीको धरानमा रहेको भोटेपुलस्थित विराट मेडिकल सेन्टर प्रालिमा विशेष छुट हुने भएको छ।



    दुवै पक्षबीच छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले विराट मेडिकल सेन्टरका विभिन्न सेवामा ५०% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

    बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

    सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा एटीएम, ३ वटा विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख ३१ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट