logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • हिमालयन बैंक लिमिटेडद्वारा कान्ति बाल अस्पताललाई आर्थिक सहयोग

    हिमालयन बैंक लिमिटेडद्वारा कान्ति बाल अस्पताललाई आर्थिक सहयोग

    507
    SHARES
    हिमालयन बैंक लिमिटेडद्वारा कान्ति बाल अस्पताललाई आर्थिक सहयोग

    काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाराजगन्ज स्थित कान्ति बाल अस्पताललाई २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।



    बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेश द्वार निर्माण गर्न तथा अस्पताल हाता भित्र रहेको बाल उद्यान तथा त्यस वरपरको क्षेत्रको सौन्दर्यीकरण गर्न खर्च गर्ने छ । कान्ति बाल अस्पतालमा बिहीबार आयोजित एक समारोहका बीच उक्त रकम प्रदान गर्ने सहमति भएको छ ।

    सो समारोहमा बैंकका तर्फ बाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष डा। बाबुराम गौतमलाई उक्त प्रतिबद्धता पत्र प्रदान गरेका थिए ।

    सो अवसरमा अस्पतालका निर्देशक डा। युवानिधि बसौला, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडा, विजयमान नकर्मी, बैंकका महाराजगन्ज शाखाका प्रमुख अभय बहादुर शाह लगायत बैंकका र अस्पतालका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट