काठमाण्डौ । सेयर बजारमा मंगलबार ५.०५ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९९३.४२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ अंकले घटेर ३८२.८५ को विन्दुमा आर्लेको छ। कारोबार रकम साढे ८६ करोड रुपैयाँमा खुम्चिएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.२५ प्रतिशतले उकालो लागेको छ। लगानी समूह ०.१२ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा ०.०५ प्रतिशत र व्यापार समूहमा ०.०२ प्रतिशतको बढोत्तरी भएको छ।
आज होटेल तथा पर्यटन समूह सर्वाधिक ०.६३ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.६० प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.१७ प्रतिशत, विकास बैंक समूहमा ०.५६ प्रतिशत, वित्त समूहमा ०.२८ प्रतिशत, जलविद्युत समूहमा ०.५५ प्रतिशत, जीवन बीमा समूहमा ०.४५ प्रतिशत, लघुवित्त समूहमा ०.०१ प्रतिशत र अन्य समूहमा ०.२१ प्रतिशतको गिरावट आएको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २७८ कम्पनीका ४० लाख ६ हजार ७३९ कित्ता सेयर ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँमा किनबेच भएका छन्। यो दिन माछापुच्छ्रे बैंकको सार्वधिक ३ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड २४ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको ३ करोड १ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ३८ लाख रुपैयाँ, घोराही सिमेन्टको २ करोड २६ लाख रुपैयाँ, सोल्टी होटेलको २ करोड ११ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ७६ लाख रुपैयाँ, नबिल बैंकको १ करोड ७२ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ करोड ७१ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको १ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज पनि कुथेल बुखरी स्मल हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। यो दिन स्वाभिमान लघुवित्त र सामलिङ पावरका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेका छन्।
अर्थ चाैतारी ।