logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • बजारमा झिनो गिरावट, १ अर्ब रुपैयाँ बढीको काराेबार

    बजारमा झिनो गिरावट, १ अर्ब रुपैयाँ बढीको काराेबार

    637
    SHARES
    बजारमा झिनो गिरावट, १ अर्ब रुपैयाँ बढीको काराेबार

    काठमाण्डौ । सेयर बजारमा बुधबार पनि झिनो अंकले ओरालो लागेको छ। बजार आज २.८२ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९९०.५९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.१३ अंकले घटेर ३८१.७१ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने १ अर्ब रुपैयाँ बढीको भएको छ।



     

    आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। यो दिन होटेल तथा पर्यटन र व्यापार दुवै समूह १.३० प्रतिशतले उकालो लागेका छन्।

    आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.७० प्रतिशतले ओरालो लागेको छ। लघुवित्त वित्त र अन्य समूह समान ०.४२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०६ प्रतिशत, विकास बैंक समूहमा ०.०५ प्रतिशत, वित्त समूहमा ०.२७ प्रतिशत, जलविद्युत समूहमा ०.२६ प्रतिशत, लगानी समूहमा ०.१८ प्रतिशत, जीवन बीमा समूहमा ०.०८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३७ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.०३ प्रतिशतको गिरावट आएको छ।

     

    आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका ३८ लाख ३ हजार २४४ कित्ता सेयर १ अर्ब १३ करोड ८ हजार ४१ रुपैयाँमा कारोबार भएका छन्। यो दिन माछापुच्छ्रे बैंकको सर्वाधिक १० करोड रुपैयाँ बढीको कारोबार भएको छ। आईएमई लाइफको ३ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको आज लक्ष्मी सनराइज बैंकको ३ करोड २ लाख रुपैयाँ, नबिल बैंकको ३ करो रुपैयाँ, नेपाल टेलिकमको २ करोड ८१ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ करोड ७३ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ६४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ६० लाख रुपैयाँ, सोल्टी होटेलको २ करोड ४८ लाख रुपैयाँ र एभरेस्ट बैंकको २ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

     

    आज सिटी होटेलका सेयरधनीहरुले सर्वाधिक कमाए। यो होटेलको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। यो दिन मिथिला लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।


    अर्थ चाैतारी
  • बुधबार, १३ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट