logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • दसैँअघिको अन्तिम दिन झिनो अंकले घट्यो बजार, कारोबार १ अर्ब तल

    दसैँअघिको अन्तिम दिन झिनो अंकले घट्यो बजार, कारोबार १ अर्ब तल

    936
    SHARES
    दसैँअघिको अन्तिम दिन झिनो अंकले घट्यो बजार, कारोबार १ अर्ब तल

    काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ।



     

    बजार आज ४.०५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९०३.८४ को विन्दुमा बन्द भएको छ। आज दसैँको अन्तिम कारोबार पनि हो। अब सेयर बजार आउँदो कात्तिक १२ गतेमात्रै खुल्नेछ।

    आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.१३ अंकले बढेर ३६७.११को विन्दुमा उक्लिएको छ। कारोबार रकम भने १ अर्ब मुनिको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ।

    यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.३६ प्रतिशतले उकालो लागेको छ। लगानी समूह ०.१७ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.०९ प्रतिशत र अन्य समूहमा ०.०२ प्रतिशतको बढोत्तरी भएको छ।

    आज जलविद्युत समूह सर्वाधिक ०.९६ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ०.९० प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.२५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.३२ प्रतिशत, जीवन बीमा समूहमा ०.३४ प्रतिशत, लघुवित्त समूहमा ०.३८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२८ अंक र व्यापार समूहमा ०.१६ अंकको गिरावट आएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २८४ कम्पनीका ३७ लाख ६६ हजार १५३ कित्ता सेयर नबिल बैंकको संस्थापक सेयरको सर्वाधिक ५ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ। प्रभु बैंकको संस्थापक सेयरको ५ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको यो दिन नबिल बैंकको ३ करोड ९० लाख रुपैयाँ, घलेम्दी हाइड्रोको २ करोड ८१ लाख रुपैयाँ, सानिमा जीआईजी इन्स्योरेन्सको २ करोड ५३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ४३ लाख रुपैयाँ, आईएमई लाइफको २ करोड ३१ लाख रुपैयाँ, हिमालयन लाइफको २ करोड २४ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड १० लाख रुपैयाँ र हाथवे इन्भेस्टमेन्टको २ करोड रुपैयाँबराबरको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    आज बीपीडब्ल्यू लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। यो दिन अप्पर सोलु हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले ओरालो लागेको छ।


    अर्थ चाैतारी
  • विहिबार, २ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट