logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • आज लाग्दै छ खण्डग्रास चन्द्रग्रहण

    आज लाग्दै छ खण्डग्रास चन्द्रग्रहण

    715
    SHARES
    आज लाग्दै छ खण्डग्रास चन्द्रग्रहण

    काठमाण्डौ । आज (शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्दै छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण स्पर्श हुनेछ। यसको सुतक भने शनिबार दिउँसो ४ बजेर १९ मिनेटदेखि नै सुरु हुने समितिले जनाएको छ।



    राति २ बजेर ३८ मिनेट जाँदा ग्रहण मोक्ष अर्थात् समाप्त हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा.डा.देवमणि भट्टराईले जानकारी दिए। समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा पनि आजको चन्द्रग्रहण उल्लेख छ। यो चन्द्रग्रहण २०८० सालमा लाग्ने एउटै मात्र ग्रहण भएको समितिले जनाएको छ।

    गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो। बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी तथा विज्ञान सङ्ग्राहलयका अनुसार यो चन्द्रग्रहण नेपालका सबै भागबाट देख्न सकिनेछ।

     

    नेपालसँगै एसियाली मुलुक, युरोप र अफ्रिकाका सबै भागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाका केही ठाउँबाट पनि याे ग्रहण देखिनेछ। गत वर्ष चान्द्रमास अनुसार कात्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कात्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो। सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ।

     


    अर्थ चाैतारी
  • शनिबार, ११ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट