logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेशनल लाइफद्वारा भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई आर्थिक सहयोग

    नेशनल लाइफद्वारा भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई आर्थिक सहयोग

    546
    SHARES
    नेशनल लाइफद्वारा भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई आर्थिक सहयोग

    काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले गत असोज १६ गते आएको भूकम्पबाट क्षतिग्रस्त बझाङको जयपृथ्वी नगरपालिका–४ स्थित श्री बाल विकास माध्यमिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।



     

    बाल विकास माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सो विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । उक्त सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई केही हद सम्म भए पनि राहत मिल्ने धारण व्यक्त गरे ।

     

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर खातीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा, विद्यालयका प्रधानाध्यापक केशरबहादुर खातीले आर्थिक सहयोगबाट पुस्तकालय पुनर्निर्माण गरिने जानकारी दिए ।


    अर्थ चाैतारी
  • शनिबार, ११ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट