logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सेयर बजारमा सामान्य वृद्धि, ६९ करोड ४२ लाख रुपैयाँ बरारबको काराेबार

    सेयर बजारमा सामान्य वृद्धि, ६९ करोड ४२ लाख रुपैयाँ बरारबको काराेबार

    611
    SHARES
    सेयर बजारमा सामान्य वृद्धि, ६९ करोड ४२ लाख रुपैयाँ बरारबको काराेबार

    काठमाण्डौ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको वृद्धि भएको छ । १८ सय ७६ अंकबाट कारोबार समयदेखि नै घट्न थालेर १८ सय ५७ अंकसम्म आइपुगेको थियो । तर, कारोबार बन्द हुन बाँकी ४५ मिनेटको समयदेखि भने सुधार हुँदै ३.०४ अंकले बढेर बन्द भएको हो ।



     

    ०.१६ प्रतिशतले सूचक बढ्दा १२८ कम्पनीको सेयर मूल्य समेत बढेको छ । यस्तै, ९७ कम्पनीको मूल्य घट्दा १४ कम्पनीको मूल्य भने स्थिर छ । यसक्रममा आज ६९ करोड ४२ लाख रुपैयाँ बरारबको २८ लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ ।

     

    परिसूचकमा सामान्य वृद्धि आएको दिन पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्यमा ७.८२ प्रतिशतले वृद्धि आएको छ । यसपछि मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ५.८९ प्रतिशतले बढेको छ । कारोबारमा आएको दोस्रो दिनमा पनि सोनापुर मिनरल्स एण्ड ओयर लिमिटेडको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।

     

    आज साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर सेयर सबैभन्दा धेरै ३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । यसपछि नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १३ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट