logo

२०८२ भदाै २८, शनिबार

logo
  • २०८२ भदाै २८, शनिबार
  • आईएमई लाइफ इन्स्योरेन्सद्वारा भूकम्प प्रभावित क्षेत्रमा रु १० लाख सहयोग

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा भूकम्प प्रभावित क्षेत्रमा रु १० लाख सहयोग

    559
    SHARES
    आईएमई लाइफ इन्स्योरेन्सद्वारा भूकम्प प्रभावित क्षेत्रमा रु १० लाख सहयोग

    काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजित उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु १० लाख सहयोग गर्ने भएको छ।



    आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८० साल कार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको र उक्त राहत रकमले भूकम्प प्रभावित क्षेत्रमा उद्दार र राहत पुगोस् भन्ने हेतुले कोषमा रकम प्रदान गर्ने निर्णय गरेको हो।

    पीडित परिवारहरू प्रति गहिरो समवेदना प्रकट गर्दै समुदायलाई आवश्यकता परेको समयमा यस्तै संस्थागत सामाजिक उत्तरदायित्व कार्य गरि सहयोग र हातेमालो गर्न कम्पनी अग्रसर रहने आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताए।


    अर्थ चाैतारी
  • २०८० कात्तिक १९, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट