logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेप्सेमा ५.१७ अंकको वृद्धि, ७८ करोडको कारोबार

    नेप्सेमा ५.१७ अंकको वृद्धि, ७८ करोडको कारोबार

    572
    SHARES
    नेप्सेमा ५.१७ अंकको वृद्धि, ७८ करोडको कारोबार

    काठमाण्डौ । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५.१७ अंकको सुधार आएको छ । दिनभर तीव्र घटबढ भइरहेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.२७ प्रतिशतले बढेर बन्द भएको हो । यससँगै, परिसूचक १८६३ अंकमा पुगेर रोकिएको छ ।



     

    ७८ करोड २७ लाख रुपैयाँ बराबरको ३१ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ९३ कम्पनीको सेयर मूल्य घट्दा २२ कम्पनीको सेयर मूल्यमा भने केही परिवर्तन भएको छैन ।

     

    परिसूचक बढ्दा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.०७ प्रतिशतले बढेको छ । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ६.३८ प्रतिशतको गिरावट आएको छ । यसक्रममा आज सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको सेयर सबैभन्दा धेरै ५ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।

     

    कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूहमा कुनै पनि परिवर्तन आएको छैन । विकास बैंकसहित होटल र टुरिजम समूह, लगानी र निर्जीबन बीमा समूहको सूचकमा गिरावट आएको छ । यसबाहेक, अन्य समूहको सूचकमा भने सुधार आएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २२ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट