logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • चीनको युनान प्रान्तले नेपालका भूकम्प पीडितलाई ५० हजार डलर सहयोग गर्ने

    चीनको युनान प्रान्तले नेपालका भूकम्प पीडितलाई ५० हजार डलर सहयोग गर्ने

    1.3K
    SHARES
    चीनको युनान प्रान्तले नेपालका भूकम्प पीडितलाई ५० हजार डलर सहयोग गर्ने

    काठमाण्डौ । जाजरकोट र रुकुम भूकम्प पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ।



     

    सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसँगको औपचारिक भेटवार्ताका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले सहयोगको घोषणा गरेका हुन्।

     

    भेटका क्रममा सचिव वाङ निङले असल छिमेकीको हिसाबले नेपाललाई दैवि प्रकोपमा सहयोग गर्न तत्पर रहेको उल्लेख गरे। उनले युनान प्रान्त कृषिमा हासिल गरेको अनुभव र सीप नेपालसँग साट्न आफूहरु तयार रहेको बताए। अध्यक्ष नेपालले पनि सहयोगका धन्यवाद दिँदै कृषिमा युनानले प्राप्त गरेको उपलब्धिलाई नेपालले पनि सदुपयोग गर्ने प्रतिबद्धता जनाए।

     

    चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्रास्ट्रिय विभागको आमन्त्रणमा अध्यक्ष नेपाल, उपाध्यक्षसमेत रहेका कृषिमन्त्री वेदुराम भुसालसहितको १५ सदस्यीय टोली साताव्यापी चीन भ्रमणमा छ। एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीलाई चीनले पहिलोपटक औपचारिक आमन्त्रण गरेको हो। यस क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरुसँग भेटघाट हुने कार्यक्रम रहेको उपाध्यक्ष भुसालले जानकारी दिए।

     

    उनले भने, ‘हाम्रो पार्टीलाई चीनले महत्त्व दिएको पायौं। भेटघाट सुरु भएको छ। नेताहरुसँग भेट्ने। देश र पार्टी हितका विषयमा कुरा हुँदैछन्। उहाँहरुको व्यवहारले हामीलाई उत्साहित बनाएको छ।’ बिहीबार कुङ्मिङमा राजनीति दल र कृषि कोअपरेसन भन्ने विषयमा चिनियाँ कम्युनिस्ट पार्टीले अन्तर्रास्ट्रिय सम्मेलन आयोजना गरेको छ। उक्त सम्मेलनलाई पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सम्बोधन गर्नेछन।

     

    सम्मेलनमा भाग लिन एसियाका ११९ वटा पार्टीका प्रतिनिधि कुङ्मिङ पुगेको बताइएको छ। नेपालबाट नेपाली कांग्रेस र राप्रपासहितका दलका प्रतिनिधिले पनि सम्मेलनमा सहभागी जनाउने भएका छन्।


    अर्थ चाैतारी
  • विहिबार, २३ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट