logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पीडितहरूलाई आपत्कालीन राहत सामाग्रीहरू प्रदान

    अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पीडितहरूलाई आपत्कालीन राहत सामाग्रीहरू प्रदान

    1.5K
    SHARES
    अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पीडितहरूलाई आपत्कालीन राहत सामाग्रीहरू प्रदान

    काठमाण्डौ । सी.जी.। होल्डिङ्स अन्तर्गतको CSR Division अरुण चौधरी फाउन्डेसन (ACF) द्वारा जाजरकोट र रुकुम पश्चिमका विनाशकारी भूकम्प पीडितहरूलाई आपत्कालीन राहत सामाग्रीहरू प्रदान गरेको छ ।



     

     

    जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरूमा भूकम्पका कारण व्यापक क्षति भएको र हाल त्यहाँको जीवन निकै कष्टकर बन्दै गएको छ, आधारभूत आवश्यकता जस्तै खाद्यान्न, औषधि, लत्ताकपडा र आवासको अभाव हदै गएको छ । संस्थाले अत्यावश्यक सामग्रीको अभाव कम गर्नको लागि १६ टन राहत सामग्री उपलब्ध गराएको छ । संस्थाले उक्त राहत प्याकेज जाजरकोट, नलगाड नगरपालिकाका मेयर श्री डम्बर बहादुर राउतलाई सिधै हस्तान्तरण गरेको थियो ।

     

    स्वः स्फूर्त एवं सक्रिय प्रयासको रूपमा, सी.जी. । होल्डिङ्सका कर्मचारीहरूले समेत स्वेच्छा पूर्वक एक दिनको तलब उपलब्ध गराई राहत प्याकेजमा योगदान दिएका छन् । संस्थाले यस्तो कठिन समयमा सामूहिक प्रयासको महत्वलाई जोड दिँदै सबैलाई प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई हर तरहले सहयोग गर्नका लागि प्रोत्साहन गरेको छ । यो योगदानले भूकम्प प्रभावित क्षेत्रहरूमा तत्काल सहयोग गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास संस्थाले व्यक्त गरेको छ ।

     


    अर्थ चाैतारी
  • शुक्रबार, २४ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट