logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • अन्तर्राष्ट्रिय रेडक्रसले भूकम्प प्रभावितका लागि ७३ करोड रुपैयाँ जुटाउँने

    अन्तर्राष्ट्रिय रेडक्रसले भूकम्प प्रभावितका लागि ७३ करोड रुपैयाँ जुटाउँने

    1.5K
    SHARES
    अन्तर्राष्ट्रिय रेडक्रसले भूकम्प प्रभावितका लागि ७३ करोड रुपैयाँ जुटाउँने

    काठमाण्डौ । अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र रेड क्रिसेन्ट सोसाइटी महास‌ंघले कर्णाली प्रदेशका भूकम्प प्रभावितको उद्धार र राहतका लागी ७३ करोड ५३ लाख ८७ हजार रूपैयाँ सहयोग जुटाउने घोषणा गरेको छ।



    महासंघको मुख्यालयले आपतकालीन कोषबाट तत्कालका लागि ११ करोड ४० लाख ४३ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिएको छ। महास‌ंघले नेपालका भूकम्प प्रभावितको राहतका लागि आपतकालीन अनुरोध जारी गर्दै सहयोगका लागि हात अघि बढाउन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध समेत गरेको छ।

    कात्तिक १७ गतेको शक्तिशाली भूकम्पबाट प्रदेश अन्तर्गतको जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावितको उद्धारका लागि नेपाल रेडक्रस सोसाइटीका स्वयम् सेवकहरु पहिलो दिनदेखि नै उद्धार कार्यमा खटिएको महास‌ंघले जानकारी दिएको छ। ३० हजार घर भत्किएको र क्षतिग्रस्त भएकाले झण्डै ३५ हजार सर्वसाधारणहरु आवासबिहीन अवस्थामा बाँच्नु परिरहेको महास‌ंघले उल्लेख गरेको छ।

    महासंघका प्रतिनिधि हेर्भ गेजाउले प्रतिकूल मौसमलाई ध्यानमा राख्दै महास‌ंघले भूकम्प प्रभावित परिवारलाई सक्दो चाँडो सहयोग गर्न अपिल गरेको बताएका छन् ।

    हाल, आपतकालीन सहायता जारी रहेपनि हजारौं प्रभावित परिवारहरू वैकल्पिक आश्रय बिना खुला आकाशमूनी अर्को भूकम्पको डरमा बसिरहेका छन्। जाडो शुरु भएसँगै राहत, बासस्थान र अत्यावश्यक न्यानो वस्तुको उपलब्धता अत्यावश्यक बनेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २७ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट