logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • भारतकाे जीडीपी ४० खर्ब नाघ्यो, विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बन्दै

    भारतकाे जीडीपी ४० खर्ब नाघ्यो, विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बन्दै

    793
    SHARES
    भारतकाे जीडीपी ४० खर्ब नाघ्यो, विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बन्दै

    एजेन्सी । भारतको अर्थतन्त्रमा ऐतिहासिक वृद्धि भएकाे छ । भारतको कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) ४० खर्ब भारतीय रुपैयाँ नाघेकाे छ ।



     

    रिपोर्टका अनुसार पहिलोपटक भारतीय अर्थतन्त्र चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने नजिक पुगेको छ । आर्थिक वर्ष २०२३/२४ को पहिलो त्रैमासिकमा भारतको जीडीपी ७.८ प्रतिशतले बढेको थियो ।

     

    भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासले देशको अर्थतन्त्र सुधारोन्मुख हुनेमा आफू विश्वस्त भएकाे बताएका थिए । भारतको अर्थतन्त्र ४० खर्ब नाघेसँगै चौथो ठूलो जीडीपी भएको देशको लाइनमा देखिएको छ । हाल अमेरिका पहिलो, चीन दोस्रो, जर्मनी तेस्रो र जापान चौथो ठूलो अर्थतन्त्र भएको देशको रूपमा परिचित छन् ।


    अर्थ चाैतारी
  • सोमबार, ४ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट