logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • बजारमा झिनो अंकको बढोत्तरी, कारोबार १ अर्बमाथि

    बजारमा झिनो अंकको बढोत्तरी, कारोबार १ अर्बमाथि

    1.8K
    SHARES
    बजारमा झिनो अंकको बढोत्तरी, कारोबार १ अर्बमाथि

    काठमाण्डौ । सेयर बजार १.३९ अंकले बढेको छ । यो दिन १.३९ले अंकले बढेको बजार १ हजार ८५३.४८ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५० अंकले घटेर ३५६.५४ को विन्दुमा पुगेको छ।



    आज नेप्सेमा सूचीकृतमध्ये २८४ कम्पनीका ३३ लाख १९ हजार ५५८ कित्ता सेयर १ अर्ब ९करोड ९३ लाख १८ हजार २९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेप्से उपसमूहमा रहेका १३ ओटा उपसमूह मध्ये होटल एन्ड टुरिजम, उत्पादन तथा प्रशोधन, लघुवित्त तथा अन्य समूहबाहेक सबै समूहमा हरियाली छाएको छ । यो दिन सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह १.९१ प्रतिशटले घटेको छ । यसैगरी दोस्रोमा होटल एन्ड टुरिजम समूह १.८३ प्रतिशतले घटेको छ।

     

    यसैगरी, यो दिन सवैभन्दा बढी व्यापार समूह १.४२ प्रतिशतले बढेको छ । यसैगरी, विकास बैंक समूह १.२६ प्रतिशतले बढेको छ ।यसैगरी जीवन बीमा समूह ०.९७ प्रतिशतले बढेको छ। यो दिन हिमालयन डिस्टीलरीका सेयरधनीले सर्वाधिक कमाएका छन् । कम्पनीको सर्वाधिक ७ करोड ३६ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।

     

    यसैगरी दोस्रोमा सोल्टी होटलको ६करोड ८४ लाखभन्दा बढीको कारोबार भएको छ । कम्पनीले सोमबार नै ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।यसैगरी सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको ५ करोड ८८ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।

     

    यो दिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९८ प्रतिशतले उकालो लागेको छ । यो कम्पनीका सेयरधनीले सवैभन्दा बढी कमाएका छन् । यसैगरी, कर्णाली डेभलपमेन्ट बैंको सेयरभाउ ९.९६ प्रतिशतले उकालो लागेको छ । यसैगरी, यो दिन माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको पहिलो कारोबार दिन नै १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ । त्यस्तै फरवार्ड लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको सेयरमूल्यमा पनि नकारात्मक सर्किट लागेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ४ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट