logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेशनल लाईफले र काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थलाई प्रतिवर्ष २५ लाखका दरले वित्तीय सहयोग उपलव्ध गराउने

    नेशनल लाईफले र काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थलाई प्रतिवर्ष २५ लाखका दरले वित्तीय सहयोग उपलव्ध गराउने

    1.4K
    SHARES
    नेशनल लाईफले र काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थलाई प्रतिवर्ष २५ लाखका दरले वित्तीय सहयोग उपलव्ध गराउने

    काठमाण्डौ । नेशनल लाईफ इनस्योरेन्स कम्पनी र काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थ बीच सोमबार सम्झौता भएको छ ।



    बुढानिलकण्ठ नगरपालिका- ७ मा निर्माणाधीन २०० बेड क्षमताको गैह्रनाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ वर्षसम्म प्रतिवर्ष २५ लाख रुपैयाँका दरले वित्तीय सहयोग उपलव्ध गराउनका लागि एक समारोहका बीच कम्पनीको कार्यकारी प्रमुख सुरेश प्रसाद खत्री र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्राडा भगवान कोईरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

     

    सोही अवसरमा सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख खत्रीले पहिलो किस्ता रकम २५ लाख रुपैयाँको चेक पनि संस्थालाई हस्तान्तरण गरेका छन् । सो अवसरमा संस्थाका अध्यक्ष कोईरालाले नेपालका सबै बालबालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पुर्‍याउने उदेश्यले परियोजना सञ्चालन गर्न लागिएको र क्रमिक रुपमा देशको अन्य स्थानहरुमा समेत बाल स्वास्थ्य सेवा उपलव्ध गराउने योजना रहेको बताए ।


    अर्थ चाैतारी
  • सोमबार, ११ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट