logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • श्रीलङ्काको आर्थिक वृद्धिदर सकारात्मक

    श्रीलङ्काको आर्थिक वृद्धिदर सकारात्मक

    793
    SHARES
    श्रीलङ्काको आर्थिक वृद्धिदर सकारात्मक

    एजेन्सी । पछिल्लो समय श्रीलङ्कामा पहिलो पटक आर्थिक वृद्धिदर सकारात्मक देखिएको छ । श्रीलङ्काको कुल ग्राहस्थ उत्पादन (जीडीपी ) गत वर्षको तुलनामा २०२३ को तेस्रो त्रैमासिकमा १ दशमलब ६ प्रतिशतले वृद्धि भएको छ ।



    श्रीलङ्काली अधिकारीले आर्थिक वृद्धि भएकोमा खुशी व्यक्त गर्दै सोचेभन्दा पहिले नै स्थिरता प्राप्त भएको बताएका छन् ।

    श्रीलङ्काको जनगणना तथा तथ्याङ्क विभागका अनुसार तेस्रो त्रैमासमा कृषि क्षेत्र ३ प्रतिशत, उद्योग ० दशमलब ३ प्रतिशत र सेवा क्षेत्र १ दशमलब ३ प्रतिशतले वृद्धि भएको छ ।

    अघिल्लो त्रैमासिकमा १२ दशमलब ६ प्रतिशतले वृद्धि भएपछि गैरकर अनुदान १३ दशलमब ६ प्रतिशतले बढेको थियो । विदेशी मुद्रा सञ्चितिको गम्भीर अभावका कारण श्रीलङ्का सबैभन्दा खराब आर्थिक सङ्कटको चपेटामा परेको थियो ।


    अर्थ चाैतारी
  • सोमबार, २ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट