logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • ब्रिटिश काउन्सिलद्वारा आईईएलटीएस प्राइज २०२३’ को विजेता घोषणा

    ब्रिटिश काउन्सिलद्वारा आईईएलटीएस प्राइज २०२३’ को विजेता घोषणा

    793
    SHARES
    ब्रिटिश काउन्सिलद्वारा आईईएलटीएस प्राइज २०२३’ को विजेता घोषणा

    काठमाण्डौ। ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियागिता ‘आईईएलटीएस प्राइज २०२३’ का विजेताहरूको नाम घोषणा गरिएको छ ।



    आफ्नो शैक्षिक सपनालाई वास्तविकतामा बदल्न चाहने महत्वाकांक्षी युवा पुस्ताहरूलाई मद्दत गर्न यस प्रतिस्पर्धामार्फत काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ हुने विश्वविद्यालयमा आईईएलटीएसका परीक्षार्थीहरूलाई विश्वविद्यालयको ५ हजार डलर नेपाली रुपैया ८ लाख ४० हजार सम्मको ट्युशन शुल्कमा टेवा दिनेछ ।

    यो वर्षको प्रतिस्पर्धा चीन, जापान, हङकङ, इन्डोनेशिया, कोरिया, मलेशिया, फिलिपिन्स, सिंगापुर ताइवान, थाइल्यान्ड, भियतनाम, बंगलादेश पाकिस्तान, नेपाल र श्रीलंकाबाट आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीका लागि खुला गरिएको थियो ।

    प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत तीन जना विजेताहरूको नाम चयन गरिएको छ । जसअनुसार रिजु अधिकारीले प्रथम पुरस्कार जीबीपी ५ हजार नेरू ८ लाख ४० हजार, उज्ज्वल भेटुवालले द्वितीय पुरस्कार जीबीपी २ हजार नेरू ३ लाख ३६ हजार र रिशिका शाहले तृतीय पुरस्कार जीबीपी १ हजार नेरू १ लाख ६८ हजार प्राप्त गरेका छन् ।

    यसबाहेक पनि ब्रिटिश काउन्सिलमा दर्ता भएर सन् २०२३ को सेप्टेम्बर १ देखि नोभेम्बर ३० को बीचमा आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीहरूमध्ये केही भाग्यशाली विजेताहरूले आईईएलटीएस उपहार पाएका छन् ।
    हरेक हप्ता एक जना भाग्यशाली विजेताले जीबेएल चार्ज ५ जितिरहेको पनि काउन्सिलले जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट