नवलपुर । शाइनिङ्ग आवासीय माध्यमिक विद्यालय गैंडाकोट नवलपुरले विद्यालयको २९ औ स्थापना दिवस बिबिध कार्यक्रम गरी मनाएको छ । गैंडाकोटको शैक्षिक जग बलियो बनाउन सहयोग पुर्याएको यस विद्यायले कक्षा नर्सरी देखि कक्षा १२ सम्म अध्ययन अध्यापन गराउदै आएको छ ।
विद्यालयले एउटा इतिहास बनाएको विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद दवाडीले बताए। उनले शाइनिङ्ग्का विद्यार्थी देशका विभिन्न स्थानदेखी डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक सङै नासामा समेत काम गरिरहन सफल भएको जानकारी दिए । साथै उनले यस विद्यालयमा कक्षा १ देखि नै अध्ययन गरेका विद्यार्थी नै अहिले शिक्षकको रुपमा देख्दा अझै खुसी लाग्ने बताए ।
विद्यालयले स्थापना दिवसका अवसरमा आयोजना गरेको खेलकुद तथा विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम, द्धितिय र उत्कृष्ट विद्यार्थीलाई पुरस्कार बितरण गरिएको थियो । साथै विद्यार्थी आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सास्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालय संचालक एवं शिक्षक इन्दिरा चापागाईंले विद्यालयले शैक्षिक बिकासमा टेवा पुर्याउन दिनरात नभनी संघर्ष गर्दै यहाँसम्म आएको बताइन् । उनले अभिभावकको बिश्वास ले अहिलेसम्म यहाँ आएको बताउदै आगामी दिनमा अझै साथ सहयोगको अपेक्षा गरेको बताएकी हुन् ।
२९ बर्ष अगाडि गैंडाकोट ५ मा तोरिबारी फाडेर गैंडाकोटका शैक्षिक व्यक्ती लक्ष्मीप्रसाद दवाडी लगायतका शैक्षिक व्यक्त्तित्वहरुले शाइनिङ्गको स्थापना गरेका थिए । ४० जना विद्यार्थीबाट सुरु भएको यस विद्यालयमा अहिले करिब १ हजार विद्यार्थी अध्ययनरत रहेका छन ।
सन्चालन शिक्षक सीता अधिकारीले गरेकी थिइन । भने स्वागत मन्तव्य शिक्षक सुनामा न्यौपानेले व्यक्त गरेकी हुन् ।
अर्थ चाैतारी ।