logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • मर्मतको काम ७० प्रतिशत सकियो, अबको १० दिनमा काठमाण्डौ आइपुल्ला त मेलम्चीको पानी?

    मर्मतको काम ७० प्रतिशत सकियो, अबको १० दिनमा काठमाण्डौ आइपुल्ला त मेलम्चीको पानी?

    728
    SHARES
    मर्मतको काम ७० प्रतिशत सकियो, अबको १० दिनमा काठमाण्डौ आइपुल्ला त मेलम्चीको पानी?

    काठमाण्डौ । मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सकिएको छ। बाढीले ध्वस्त बनाएको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ।



     

    बुधबार हेलम्बु–१ अम्बाथानस्थित मुहानस्थलमा अवलोकनका लागि पुगेका प्रतिनिधिमण्डललाई त्यहाँ भइरहेको कामबारे जानकारी गराउँदै आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले आयोजनामा भइरहेको मर्मतको काम ७० प्रतिशत सकिएको बताएका हुन्। बाँकी काम केही कठिन रहेको जनाउँदै उनले जस्तोसुकै परिस्थिति आए पनि अबको १० दिनभित्र काम सम्पन्न हुने दाबी गरे।

     

    सरकारको लक्ष्यअनुसारनै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको उनले बताए। सांसद अमरेशकुमार सिंहले सरकारले मेलम्ची आयोजनालाई प्राथमिकता दिएर बाह्रै महिना काठमाण्डौवासीलाई पानी खुवाउनुपर्ने बताए। खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रुपमा काठमाण्डौमा पानी लाने गरी काम गर्न लागि परेको जानकारी दिए।

     

    अवलोकनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सांसद सिंह, वित्त आयोगका सदस्य जुद्द गुरुङ, विपिनराज निरौला, खानेपानी मन्त्रालयका सचिव आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीलगायतको सहभागिता रहेको थियो। अहिले दैनिक ४५ जना कामदारले द्रुत गतिमा काम गरिरहेको इन्जिनियर कुँवरले जानकारी दिए।

     

    गत वर्षको बाढीले आयोजनाको हेडवर्क्सको संरचनालाई करिब २० फिट अग्लो गेग्रानले पुरेको थियो । अहिले उक्त गेग्रान हटाएर अर्डिट सुरुङमा पसेको ढुङ्गा, गिट्टी र बालुवा झिक्ने काम भइरहेको छ। विसं २०७८ असारमा आएको बाढीले मुहान क्षेत्रलाई तहसनहसनै बनाएपछि काठमाण्डौ अस्थायीरुपमा मात्रै पानी ल्याउने गरिएको छ। रासस


    अर्थ चाैतारी
  • विहिबार, १९ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट