logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन फागुन १८ गते

    भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन फागुन १८ गते

    1K
    SHARES
    भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन फागुन १८ गते

    काठमाण्डौ । भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन फागुन १८ अर्थात् मार्च १ तारिख हुने भएको छ । भरतपुर महानगरपालिकाको शुक्रबार बसेको ९० औँ कार्यपालिका बैठकले पूर्वनिर्धारित तालिकाअनुसार नै सन् २०२४ भर विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । यो निर्णय आगमी १४ औँ नगर सभाले अनुमोदन गर्ने छ ।



    यस अघि भरतपुर भ्रमण वर्ष २०२४ जनवरी १ तारिख उद्घाटन गर्ने कार्यक्रम स्थगन गरिएको थियो । भरतपुरको मुख्य सडक, मुग्लिन नारायणगढ सडक, नारायणगढ बुटवल सडकखण्डलगायतका सडक तीब्र निर्माणको चरणमा रहेकाले केही समयपछि भ्रमण वर्ष सार्ने निर्णय गरिएको थियो ।

    यस्तै ९० औँ कार्यपालिका बैठकले चालु आर्थिक वर्ष ०८०–०८१ को वार्षिक नीति, कार्यक्रम र बजेज कार्यन्वनको समिक्ष गरेको छ । बैठकको समिक्षालाई आगामी पुस २२ गते हुने नगर सभाको १४ औँ अधिवेशनमा पेश गर्ने निर्णय गरेको महानगरका प्रशासन शाखा प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिए । नगर सभाको १४ औँ अधिवेशनबाट पुरक बजेट परित गर्ने निर्णय पनि भएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए।

    यस्तै गत आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालित योजनाहरुको म्याद थप नगर्ने निर्णय पनि गरेको छ । भरतपुर महागनरपालिको १४ औँ नगर सभा भरतपुर २८ को गोलाघाटमा गर्ने तयारी गरिएको छ ।

     

    यस अघि भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडेटेरियम हलमा हुने गरेको नगर सभा पश्चिम चितवनको पर्यटकीय स्थल गोलाघाटमा हुन लागेको हो ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट