logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • औद्योगिक प्रयोजनको लागि मरिच, सुपारी, केराउ, छोकडाको आयात ६ महिना खुला

    औद्योगिक प्रयोजनको लागि मरिच, सुपारी, केराउ, छोकडाको आयात ६ महिना खुला

    1.3K
    SHARES
    औद्योगिक प्रयोजनको लागि मरिच, सुपारी, केराउ, छोकडाको आयात ६ महिना खुला

    काठमाण्डौ । सरकारले चालू आर्थिक वर्षमा मरिच, सुपारी, केराउ, छोकडा लगायतका वस्तु ६ महिना अवधिको लागि आयात गर्न दिने भएको छ ।



    चार वर्षअघि आयातमा पूर्ण प्रतिबन्ध लगाईएको थियो । तर अहिले भने ती वस्तुहरू औद्योगिक प्रयोजनको लागि अनुमति लिएर ल्याउन दिन लागिएको हो । उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८ अनुसार उक्त वस्तु आयातको अनुमति दिइएको हो ।

    यसको लागि गत कात्तिक २ गते नै राजपत्रमा सूचना जारी भएको थियो । उक्त कार्यविधिमा विगतमा उद्योगले कच्चा पदार्थको रुपमा प्रयोग गरेको वस्तुस्थिति र उद्योगको क्षमतालाई मुख्य आधार बनाएर अनुमति दिने उल्लेख छ । कार्यविधिअनुसार कच्चा पदार्थको रुपमा सुपारी, केराउ र मरिच आयात गर्न चाहनेले उद्योग विभागमा आवेदन दिनुपर्छ। आवेदनको आधारमा उद्योग विभागले कोटा सिफारिस गर्छ ।

    नयाँ आर्थिक वर्ष सुरुहुने बित्तिक्कै यी वस्तुको आयात फुकुवा नगरिँदा उत्पादन प्रभावित चाउचाउ, मसला र गुट्खा उद्योगहरुले छिटो आयात खुलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

    उक्त सिफारिसको आधारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिदको अनुमति प्रदान गर्छ । प्रकृया पुरा गरि ६ भन्दा बढि उद्योगहरूले सुपारी आयातका लागि अनुमति पाईसकेका छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट