logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • वैदेशिक रोजगारीमा जाने युवालाई सस्तोमा ऋण दिने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

    वैदेशिक रोजगारीमा जाने युवालाई सस्तोमा ऋण दिने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

    637
    SHARES
    वैदेशिक रोजगारीमा जाने युवालाई सस्तोमा ऋण दिने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवालाई सस्तोमा ऋण दिने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयसँगको छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले मिटरब्याजीहरू र दलालहरूबाट ठगिएको भन्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।



    छलफलमा प्रधानमन्त्रीले ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन पनि दिएका छन् । उनले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाण्डौ धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन निर्देशन दिए ।

     

    प्रचण्डले सामाजिक सुरक्षा कोषमा औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारीमा गएका र स्वरोजगारमा रहेका श्रमिकलाई आवद्धता र विस्तारलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिएका छन् ।

    छलफलमा प्रधानमन्त्रीले भने,। श्रमिकलाई उद्यमशील बनाउने र वैदेशिक रोजगारबाट फर्किएको नेपाली दाजुभाइ दिदीबहिनीहरूको ज्ञान सिप र पुँजीको पूर्ण उपयोग हुने क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउनेतर्फ तत्काल परिणाम देखिने गरी कार्य गर्नुहोला ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट