logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • विवाहका लागि अनुमति लिनुपर्ने व्यवस्था गर्नुपर्छः मन्त्री आचार्य

    विवाहका लागि अनुमति लिनुपर्ने व्यवस्था गर्नुपर्छः मन्त्री आचार्य

    1.4K
    SHARES
    विवाहका लागि अनुमति लिनुपर्ने व्यवस्था गर्नुपर्छः मन्त्री आचार्य

    काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपालमा बालविवाह अन्त्यका लागि विवाहको अनुमति लिनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन् ।



    नेपाल सरकारको सहकार्यमा गैरसरकारी संस्थाहरू वर्ल्ड भिजन र रुडुकले नेपालमा बालविवाह रोक्नका लागि संचालन गरेको अभियानको समापन कार्यक्रममा बिहीबार मन्त्री आचार्यले विवाह गर्नु पहिले नै वडाबाट अनुमति लिनुपर्ने व्यवस्था गरेमा बालविवाह रोक्न सकिने बताएका हुन् ।

    नेपालले सन् २०३० सम्म बालविवाह अन्त्यको लक्ष्य लिएको भन्दै नीतिगत व्यवस्था गरेपनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेकाले अब वडा तहबाटै कदम चाल्नुपर्ने बताएका हुन् । बालविवाह अन्त्य गर्न वडा कार्यालयमा केटा र केटीको नागरिकता राखेर विवाहको स्वीकृत लिने व्यवस्था गर्न नसकेसम्म बालविवाह अन्त्य गर्न नसकिने उनको भनाइ छ ।

    मुलुकमा गरिबी, अशिक्षा र ग्रामीण परिवेशका कारण बालविवाह रोक्ने लक्ष्य प्राप्त हुन नसकेको उनको भनाइ थियो । बालविवाहले समाज विकासमा महिलाको भूमिकालाई कमजोर पारिरहेको पनि उनको भनाइ थियो । बालविवाह अन्त्यका लागि राज्यका निकाय, स्थानीय सरकारहरू र समाज तथा परिवारकै महत्त्वपूर्ण भूमिका रहने मन्त्री आचार्यको भनाइ थियो ।


    अर्थ चाैतारी
  • विहिबार, २६ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट