काठमाण्डौ । चालु आर्थिक वर्षको पाँच महिनामा विप्रेषण आप्रवाह रेमिट्यान्स ६ खर्ब १३ अर्ब २५ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो ५ महिनाको प्रतिवेदनमा रेमिट्यान्स आप्रवाह २७ दशमलव ६ प्रतिशतले बढेको हो ।
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा अवधिमा उल्लेख तथ्यांकले विप्रेषणमा सुधार आएको पुष्टि गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई चार अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको संख्या १ लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ रहेको छ ।अघिल्लो वर्षको सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या २ लाख ३६ हजार ७७९ र पुनः श्रमस्वीकृति लिनेको संख्या १ लाख १५ हजार ९४८ रहेको तथ्यांकमा उल्लेख छ ।
अर्थ चाैतारी ।