logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • साना किसान विकास लघुवित्तकाे सञ्चालकमा ६ जना निर्वाचित

    साना किसान विकास लघुवित्तकाे सञ्चालकमा ६ जना निर्वाचित

    637
    SHARES
    साना किसान विकास लघुवित्तकाे सञ्चालकमा ६ जना निर्वाचित

    काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को नयाँ सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । भक्तपुरको बोडेमा कृषि विकास बैंकको तालिम केन्द्रमा भएको संस्थाको २२ औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्वका लागि ६ जना सञ्चालक निर्वाचित भएका हुन् ।



     

    नयाँ सञ्चालकहरुमा खेम बहादुर पाठक, डा. बावुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भिम प्रसाद पन्त संस्थाको नयाँ सञ्चालक समितिमा निर्वाचित भएका हुन् । नयाँ सञ्चालक समितिको कार्यकाल ४ वर्षको रहने छ । ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्था, लघुवित्त संस्थाहरु र समान प्रकृतिका संस्थाहरु मार्फत थोक कर्जा प्रदायक संस्थाका रुपमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. गत असार २४ गते मर्ज भएका थिए ।

     

    ७७ जिल्लामा सेवा पुगेको यस वित्तीय संस्थाको चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २ सय ४ रुपैयाँ पुगेको छ । ५ सय ४६ वटा स्थानीय तहमा सञ्जाल विस्तार गरी १ हजार ६ सय ३६ साझेदार संस्था मार्फत १० लाख २९ हजार ८ सय ७५ परिवारमा यस वित्तीय संस्थाको सेवा पुगेको छ । दलित ११%, जनजाती ३९% र अन्यको ५०% रहेकोमा महिला सहभागिता ७९ प्रतिशत छ ।


    अर्थ चाैतारी
  • आइतबार, २९ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट