logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भूकम्पीय सुरक्षित हिसाबले पिलरवाला घर बनाउने तरिका

    भूकम्पीय सुरक्षित हिसाबले पिलरवाला घर बनाउने तरिका

    845
    SHARES
    भूकम्पीय सुरक्षित हिसाबले पिलरवाला घर बनाउने तरिका

    काठमाण्डौ । वि.सं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्न हेतु हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।



    यसै सन्दर्भमा सरकारले ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस– २०८० विभिन्न कार्यक्रमको आयोजना गरी मनाईंदैछ ।

    यसैसन्र्दभमा हामीले चलनचल्ती अनुसार बनाईने पिलरवाला घर र भूकम्पीय सुरक्षित हिसाबले बनाउने पिलरवाला घरको निर्माण प्रक्रिया बीचको भिन्नता बारे जानकारी प्रस्तुत गरेका छौँ ।

    चलनचल्ती अनुसार बनाईने पिलरवाला घर र भूकम्पीय सुरक्षित हिसाबले बनाउने पिलरवाला घरको निर्माण प्रक्रिया बीचको भिन्नता बारे जानकारी

    भूकम्प प्रतिरोधी र चलनचन्तीका घर बीचको मुख्य भिन्नता भनेको निर्माण प्रक्रिया हो । प्राय साधरण चलनचल्तीका घरहरु भूकम्पीय सुरक्षित दृष्टिकोणबाट बनाइएको हुँदैन । त्स्ता घर बनाउँदा उपयुक्त घडेरीको छनौटलाई ख्याल नगरिएको हुनसक्छ । घरको आकारप्रकार लाई विचार नपुर्याईएको हुनसक्छ । जगको वास्तविक गहिराई वारे थाहा नहुनसक्छ । हात्तीपाइले राम्रोसंग बनाएको हुँदैन ।

    पिलरको साइज सानो हुन्छ भने पिलरमा कम र साना डण्डीको प्रयोग गरिन्छ । जगबन्धन अर्थात फाउन्डेसन बिम राखिदैन । बिम तथा पिलरमा निकै पर पर दुरीमा चुरी राखिन्छ भने चुरीको बनावट पनि फितलो किसिमको हुने गर्दछ । त्यसैगरी गारो लगाउँदा सिल र लिन्टेल ब्याण्ड राखिएको हुँदैन । अनउपयुक्त आकारका झ्याल ढोका अनपयुक्त ठाउँमा राखएिका हुन्छन ।

    त्यस बाहेक पिलर वा छत ढलान गर्दा सिमेन्ट, रोडा र बालुवाको मात्रा नमिलाएको मसलाको प्रयोग गरिन्छ । बिमपिलरमा डण्डी गाँस्दा थोरै मात्र खप्टिएको हुन्छ । चलनचल्ति अनुसार आफ्नै हिसाबले बनाएको घरमा प्राविधिक तथा ईन्जिनयिर राखिएको हुदैन जसले गर्दा घर गलत या सहि तरिकाले बनिरहेको छ भन्ने कुरा घरधनीलाई जानकारी हुदैन । ठेकेदार, डकर्मी र घरधनी बीचको छलफल र सरसल्लाह अनुसार घर बनाईन्छ ।

    कतिपय घरहरु नगरपालिकाको जानकारीमा नै नआई र नक्सापास समेत नगरी घर निर्माण गर्दछन् भने कतिले नक्सापास गरेर पनि नक्सा बिपरित आफ्नो चाहाना र आवश्यकता अनुसार घर बनाउँछन् जसले गर्दा घर राम्रो त बन्ला तर बलियो बन्न सक्दैन ।

    तर भूकम्पीय सुरक्षित हिसाबले बनाईने घरमा निर्माण प्रक्रिया केहि फरक हुन्छ । के के हुन त ति फरक प्रक्रियाहरु के के हुन् पढ्नुस है ।

    १, भूकम्प प्रतिरोधी घर निर्माण गर्दा घडेरीको छनौट सहि हुनु पर्दछ । धेरै भिरालो, बाढी, पहिरो जोखिममा रहेको, बालुवा, सिल्ट, कालीमाटी जम्मा भएको, जङ्गल, जलाशय क्षेत्र आदिको जमिन घडेरीको रुपमा प्रयोग गर्न हुदैन ।

    २, घर नियमित आकारको बनाउनुपर्दछ । घरको बनौट गोलाकार बर्गाकार तथा आयतकार बनाउनु उचित हुन्छ । सी अकारका, टी अकारका, एल अकारका घरहरुलाई उपयुक्त आकार मानिदैन । घरको उचाइ घरको चौडाइको तिन गुना भन्दा बढी हुनुहुँदैन ।

    ३, घडेरीमा रहेको माटोको अवस्था र जमिनको बनौट अनुसार जग खन्नुपर्छ । पुरुवा माटो रहेको घडेरी हो भने कडा माटो वा चट्टान नभेटिए सम्म जग खन्नु पर्छ । जगको जाली ५ इन्च वाइ ५ इन्चको बनाउनुपर्छ । हात्तिपाइले राख्नुभन्दा अगाडि जमिनमा ढुँगा वा इटा विच्छ्याएर पिसिजी ढलान गर्नुपर्छ । त्यसमाथी जाली राख्नुपर्दछ । पिलरको डण्डीलाई २० इन्चको एल बनाइ जालिको बीचमा पर्ने गरि राख्नुपर्दछ । हात्तिपाइलको ढलान गर्दा ८ इन्चि मोटो हुने गरि १.५ फिट भिरालो बनाउनु पर्छ । हात्तिपाइले राख्दा सकेसम्म जमिनको एउटै लेवलमा राख्नुपर्छ । साथै यो एकै लाइन वा ग्रिडमा हुनुपर्दछ ।

    ४, भूकम्प प्रतिरोधी घर निर्माण गर्न हात्तिपाइले राखेपछि त्यसको ठीक माथि जगबन्धन राख्नुपर्छ । जगबन्धनले भूकम्पको समयमा घरलाई एक ढिक्का बनाइ राख्छ । यसो गर्दा भूकम्पको बेला पिलर भासिने सम्भावना कम हुन्छ ।

    ५, सुरक्षित निर्माणको निम्ति बिम र पिलरहरु एकै लाइन वा ग्रिडमा राख्नुपर्छ । सबै पिलरलाइ बिमले बाँधेको हुनुपर्दछ ।

    ६, पिलरवाला घरको भार पिलरले थाम्ने हुँदा भूकम्प प्रतिरोधी घर निर्माण गर्न घरका पिलर सबैभन्दा बलियो बनाउनुपर्छ । त्यसैले यसको साइज कम्तीमा पनि १२ इन्च वाइ १२ इन्च्को हुनु पर्दछ । पिलरमा ४ वटा १६ एमएमको र ४ वटा १२ एमएमको गरि जम्मा ८ वटा डण्डि हुनु पर्दछ । डण्डीहरु एकै ठाउँमा गाँस्नुहुँदैन साथै चार चार इन्चको दुरीमा रिंग वा चुरी राख्नुपर्छ ।

    ७, झ्यालको तलपट्टी पिलरबाट डण्डी निकालेर सिल बन्धन तथा झ्याल तथा ढोकाको माथीपट्टी लिन्टल बन्धन राख्नुपर्छ । सिल बन्धन र लिन्टल बन्धनले गारोलाई एक ढिक्का बनाउने काम गर्छ । जसले गर्दा भूकम्प आउँदा गारो भत्कने सम्भावना कम हुन्छ ।

    ८, पिलर भन्दा बिम सानो हुनुपर्छ । बिमका सबै डण्डिहरु पिलर भित्रबाट छिराउनुपर्छ । पिलर तथा बिममा डण्डीहरु गाँस्दा डण्डीको मोटाइको ६० गुणा खप्ट्याउनु पर्छ ।

    ९, पसल राख्ने भनेर वा गाडी पार्किग गर्ने भनेर भूई तल्लामा गारो नलगाइ सटर राख्नु हुँदैन । यसले गर्दा तल्लोतल्ल कमजोर हुन्छ र भूकम्पको वेला घर ढल्न सक्छ ।

    १०, भूकम्प प्रतिरोधी घर निर्माण गर्नका लागि हात्तिपाइला, पिलर, बिम र स्ल्याबहरुको कंक्रिटमा मसलाको भाग १ः१.५ः३ अर्थात् १ भाग सिमेन्ट, १.५ भाग बालुवा ३ भाग रोडा भन्दा कम्ड्डती र्गनु हुँदैन ।

    ११, भूकम्प थेग्नका लागि रिंगको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले रिग बनाउने डण्डीको मोटाइ कम्तिमा ७ एमएमको हुनहुनुपर्छ ।

    यो सामग्री भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) को सहयोगमा तयार पारिएको हो ।


    अर्थ चाैतारी
  • मंगलबार, २ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट