logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • आरएसडिसी लघुवित्तको नाफा ६ करोड ९३ लाख रुपैयाँ, अधिकांश वित्तीय सूचकमा खराब प्रदर्शन

    आरएसडिसी लघुवित्तको नाफा ६ करोड ९३ लाख रुपैयाँ, अधिकांश वित्तीय सूचकमा खराब प्रदर्शन

    728
    SHARES
    आरएसडिसी लघुवित्तको नाफा ६ करोड ९३ लाख रुपैयाँ, अधिकांश वित्तीय सूचकमा खराब प्रदर्शन

    काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ६ महिनामा झण्डै ७ करोड खुद नाफा कमाएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।



     

    विवरण अनुसार पुस मसान्तसम्ममा कम्पनीले ६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । तर, यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने १२.७३ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा कम्पनीले ७ करोड ९४ लाख बढी नाफा कमाएको थियो ।

     

    समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि दोहोरो अंकले घटेको छ । कम्पनीको यस्तो आम्दानी १७.३२ प्रतिशतले घटेर १२ करोड २० लाख रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको संचालन नाफा पनि १२.७३ प्रतिशतले घटेर ९ करोड ९० लाख रुपैयाँ कायम भएको छ ।

     

    यता, कम्पनीको खराब कर्जा पनि वृद्धि भई १.८२ प्रतिशत पुगेको छ । जबकि गत आवको दोस्रो त्रैमासमा कम्पनीसँग यस्तो कर्जा १ प्रतिशतभन्दा तल नै थियो । समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी, संचालन नाफा र खराब कर्जामा देखिएको बढोत्तरीले नै खुद नाफामा घटेको छ ।

     

    कम्पनीको चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा भने १२ करोड १० लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर १५ रुपैयाँ ९४ पैसा कायम भएको छ । यता, समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३१ रुपैयाँ १ पैसा छ ।


    अर्थ चाैतारी
  • विहिबार, ४ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट