logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • हिमालयन लघुवित्तको ब्याज आम्दानी ११,७२ करोड, खराब कर्जा ३.५९ प्रतिशत

    हिमालयन लघुवित्तको ब्याज आम्दानी ११,७२ करोड, खराब कर्जा ३.५९ प्रतिशत

    585
    SHARES
    हिमालयन लघुवित्तको ब्याज आम्दानी ११,७२ करोड, खराब कर्जा ३.५९ प्रतिशत

    काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ५२ लाख ५८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।



     

    पुस मसान्तसम्म लघुवित्तको ब्याज आम्दानी ११ करोड ७२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १० करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी १४ करोड ८० लाख रुपैयाँ, सञ्चालन नाफा ७५ लाख ११ हजार रुपैयाँ छ । वितरण योग्य नाफा भने १ करोड ९३ लाख रुपैयाँ ऋणात्मक छ ।

     

    लघुवित्तको खराब कर्जा २.९३ प्रतिशतबाट बढेर ३.५९ प्रतिशत पुगेको छ । लघुवित्तको आधार दर १६.५८ प्रतिशत, कस्ट अफ फण्ड ९.३१ प्रतिशत छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३.२९ रुपैयाँ, नेटवर्थ प्रतिसेयर १२५.६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८५.७९ गुणा छ ।

     

    समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ३१ करोड ९८ लाख रुपैयाँ, जगेडा कोष ११ करोड ८२ लाख रुपैयाँ, निक्षेप ९५ करोड ३८ लाख रुपैयाँ, सापटि २ अर्ब ९९ करोड रुपैयाँ र कर्जा ४ अर्ब ३९ करोड रुपैयाँ छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २३ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट