काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरव्याजका समस्या अदालती प्रक्रियाबाट मात्रै समाधान हुने बताएका छन्। कतिपय कागजपत्रले पीडितभन्दा पनि पीडकको पक्षमा बलियो देखिएकाले अदालती प्रक्रियाबाट जानुपर्ने अवस्था आएको प्रधानमन्त्रीको भनाइ छ।
राष्ट्रिय सभाको सरोकार तथा समन्वय समितिमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले त्यसका लागि अदालतसँग समन्वय भइरहेको बताए। उनले मिटरव्याजमा आर्थिकमात्र नभएर गहिरो सामाजिक समस्याहरू पनि रहेको बताए।
सरकार मिटरव्याज पीडित, सहाकारी पडित र लघुवित्त पीडितका समस्याबारे सरकार जानकार रहेको बताएका छन् । आयोग बनाएरै हामीले मिटरव्याज समस्या समाधान गर्न खोजेको उनको भनाई छ ।
अर्थ चाैतारी ।