logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • जीवन विकास लघुवित्तको पाँचौं वार्षिकोत्सव सम्पन्न

    जीवन विकास लघुवित्तको पाँचौं वार्षिकोत्सव सम्पन्न

    637
    SHARES
    जीवन विकास लघुवित्तको पाँचौं वार्षिकोत्सव सम्पन्न

    काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न कार्यक्रम गरी पाँचौं वार्षिकोत्सव सम्पन्न गरेको छ । जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा मार्फत वित्तीय सेवा प्रवाह गरिरहेको छ । ती शाखाहरुले १६३ स्थानमा कार्यक्रम गरी वार्षिक उत्सव मनाएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।



     

    वार्षिक उत्सवमा लघुवित्तका ६६ वटा शाखाले विद्यालय सरसफाइ तथा डस्टबिन वितरण, हाजिरजवाफ प्रतियोगिता र शैक्षिक सामग्री वितरण गरेका छन् । २७ शाखाले बजार सरसफाइ गरी डस्टबिन वितरण गरेका छन् । २४ वटा शाखाले मन्दिर सरसफाइ गरेका छन् ।

     

    १५ वटा शाखाले १५ परिवारका लागि श्रमदान गरेर घर निर्माण गरेका छन् । १५ वटा शाखाले वृक्षरोपण गरेका छन् । सात वटा शाखाले अति विपन्न सात परिवारलाई सहयोग गरेका छन् । लघुवित्तका शाखाहरुले वृद्धा आश्रममा खाद्यान्न तथा फलफूल वितरण, स्वास्थ्य शिविर, अनाथ तथा अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, रक्तदान, बालबालिका अध्ययन केन्द्र उद्घाटन कार्यक्रम गरेका थिए ।

     

    जीवन विकासको विराटनगर शाखाले सुनसरीको बर्जू गाउँपालिका– २ की एकल तथा अशक्त महिला सहगिया मुखियाका लागि घर निर्माण गरिदिएको थियो । मुखियाको घर निर्माणका लागि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, लघुवित्तका कर्मचारी, स्थानीय, जनप्रतिनिधि र लघुवित्तले गठन गरेको थ्रि जिरो क्लबका सदस्यले श्रमदान गरेका थिए ।


    अर्थ चाैतारी
  • विहिबार, १७ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट