logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सरकार र मिटरब्याजपीडितबीचको वार्ता आज पनि हुँदै, वार्ता सकारात्मक दिशामा

    सरकार र मिटरब्याजपीडितबीचको वार्ता आज पनि हुँदै, वार्ता सकारात्मक दिशामा

    546
    SHARES
    सरकार र मिटरब्याजपीडितबीचको वार्ता आज पनि हुँदै, वार्ता सकारात्मक दिशामा

    काठमाण्डौ । सरकार र मिटरब्याजपीडितबीचको वार्ता आज पनि हुने भएको छ । शुक्रबार साँझ भएको वार्ता सकारात्मक रहेको र शनिबार पुनः छलफल गर्नेगरी टुङ्गिएको पीडित समूहका वार्ताटोली संयोजक अवधेश कुशवाहले बताए ।



     

    ‘समस्याको समाधान गर्ने भनेर राज्य लागिरहेकाले समीक्षा गरेर अघि बढौँ, संरचना निर्माण गर्ने भए पनि निर्माण गरौँ भन्ने प्रस्ताव सरकारी टोलीबाट आएको छ,’ कुशवाहले भने । मिटरब्याजपीडित सङ्घर्ष समितिका संयोजक नृग नविनले आजको चौथो चरणको वार्ता सकारात्मक रहेको बताए । उनले अबको वार्ताबाट निष्कर्ष निस्कने विश्वास व्यक्त गरे ।

     

    सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृहमन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ । अधिकारसम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।


    अर्थ चाैतारी
  • शनिबार, १९ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट