logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

    सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

    1.4K
    SHARES
    सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

    काठमाण्डौ ।  सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।  सेयर बजारमा सोमबार दोस्रो सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।



     

    २० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेको हो । दोस्रो सर्किटपछि नेप्से परिसूचक ९८ अंक बढेर २०५९ अंकमा पुगेको छ ।

    अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । त्यसपछि खुलेको बजारमा थप १ प्रतिशत विन्दु वा कुल ५ प्रतिशत घटेमा वा बढेमा दोस्रो सर्किट ब्रेक लाग्छ ।


    अर्थ चाैतारी
  • सोमबार, २१ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट