logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेप्से परिसूचक ६ प्रतिशतले बढ्यो, तेस्रो सर्किट ब्रेकसँगै नेप्से बन्द

    नेप्से परिसूचक ६ प्रतिशतले बढ्यो, तेस्रो सर्किट ब्रेकसँगै नेप्से बन्द

    793
    SHARES
    नेप्से परिसूचक ६ प्रतिशतले बढ्यो, तेस्रो सर्किट ब्रेकसँगै नेप्से बन्द

    काठमाण्डौ । शेयर बजारमा तेस्रो सर्किट ब्रेकसँगै आज दिनभरीको कारोबार बन्द भएको छ । सोमबार नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आज दिनभरीका लागि कारोबार बन्द भएको हो । यसअघि गत मंसिर २५ गते पनि बजारमा यस्तो सर्किट ब्रेक लागेको थियो ।



     

    ६ प्रतिशतले बढेको बजारमा आज ३ अर्ब ७५ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको ९ लाख ३४ हजार ९१९ कित्ता सेयर बजारमा किनबेच भएको छ। २३२ कम्पनीको सेयर कारोबार भएको आज दुईवटा कम्पनी बाहेक बाँकी २३० वटा कम्पनीको सेयर मूल्य आज बढेको छ।

     

    आज बजार खुलेको तीन मिनेटमै पहिलो सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि बन्द भएको थियो । सेयरबजार खुलेको १ घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशतले वृद्धि भएमा २० मिनेटका लागि कारोबार बन्द हुने गर्दछ ।

    पहिलो सकिर्टपछि शेयर बजार ११ बजेर २३ मिनेटमा खुलेको थियो । दोस्रो सर्किटपछि खुलेको १ मिनेट अर्थात ११ बजेर २४ मिनेटमै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको थियो ।

    नेप्सेका अनुसार शेयर बजार खुलेको ३ घण्टाअघि नेप्से परिसूचक ५ प्रतिशतले बृद्धि भएमा कारोबार ४० मिनेटका लागि बन्द हुने गर्दछ । दोस्रो सर्किट ११ बजेर २६ मिनेट लाग्दासम्म ६ लाख ४१ हजार ६८२ कित्ता सेयरको खरिदबिक्री हुदा २६ करोड ३७ लाख १ हजार रुपैयाँको कारोबार भएको थियो ।

     

    दोस्रो सकिर्ट ब्रेक खुलेको एक मिनेट नहुदै तेस्रो सर्किट ब्रेक लगेको हो । तेस्रो सकिर्टमा नेप्से परिसूचक ११७.७० अंकले बढेर २०७८ बिन्दुमा अडिएको छ ।

    शेयरबजार खुलेको एक घण्टाअघि नेप्से परिसूचक ४ प्रतिशतले बढ्दा २० मिनेटका लागि कारोबार बन्द हुने गर्दछ भने २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि कारोबार बन्द र ६ प्रतिशतले बढेमा दिनभरीको कारोबार नै बन्द हुने गर्दछ ।

     

    एमाले-माओवादीको एकता सँगै आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्ने भएपछि शेयर बजारमा आज तेस्रोपटक सर्किट ब्रेक लागेको छ। तेस्रोपटक सर्किट ब्रेक लागेसंगै आजका लागि बजार पूर्णरुपमा बन्द भएको छ।

     


    अर्थ चाैतारी
  • सोमबार, २१ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट