logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • नेरुडे मिर्मिरे लघुवित्तले मर्जपछि बुधबारदेखि कारोबार थाल्ने

    नेरुडे मिर्मिरे लघुवित्तले मर्जपछि बुधबारदेखि कारोबार थाल्ने

    1.1K
    SHARES
    नेरुडे मिर्मिरे लघुवित्तले मर्जपछि बुधबारदेखि कारोबार थाल्ने

    काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएर बनेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले फागुन ३० बुधबार देखि कारोबार सुरु गर्ने भएको छ ।



    नेपाल राष्ट्र बैंकले एक सार्वजनिक सूचना जारी गर्दै गाभिएर बनेको लघुवित्तको फागुन ३० देखि एकीकृत कारोबार सुरु हुने जनाएको हो । १ बराबर १ को अनुपातमा यी दुई कम्पनीबीच मर्ज भएको हो ।

     

    लगानीकर्तासँग यी दुई कम्पनीको हाल कायम सेयर बराबर नै मर्जपछि बन्ने संस्थाको सेयर कायम हुनेछ । २०७९ पुसमा दुई कम्पनीबीच एकआपसमा गाभिनेसम्बन्धी सम्झौता भएको थियो भने २०८० कात्तिकमा राष्ट्र बैंकले स्वीकृति दिएको छ । मर्जपछि बन्ने लघुवित्तको अध्यक्षमा टेकबहादुर बोहोरा रहनेछन् भने सीईओमा भोजराज बस्याल रहनेछन् ।


    अर्थ चाैतारी
  • आइतबार, २७ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट