logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    754
    SHARES
    ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री राखेको छ ।



    संस्थाले बुधबार एक सूचना जारी गर्दै संस्थाको विद्यमान संस्थापक सेयरधनीका नाममा रहेको ८ हजार ७ सय ११ कित्ता सेयर बिक्रीमा राखेको जनाएको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात र आफूले लिन चाहेको सेयर संख्या खुलाई पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

    संस्थाका अनुसार तोकेको मितिसम्म सेयर खरिदका लागि कुनै आवेदन नआएमा विद्यमान संस्थापक बाहेक अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने छ ।


    अर्थ चाैतारी
  • बुधबार, २१ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट