logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • महुली लघुवित्तको ११औं साधारण सभा आज, के छन् मुख्य एजेन्डा ?

    महुली लघुवित्तको ११औं साधारण सभा आज, के छन् मुख्य एजेन्डा ?

    949
    SHARES
    महुली लघुवित्तको ११औं साधारण सभा आज, के छन् मुख्य एजेन्डा ?

    काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ ।



    सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्मको वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण प्रस्तुत हुनेछन् ।

     

    सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागी लेखापरीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले चैत १४ गतेका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ चैत १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीमात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।


    अर्थ चाैतारी
  • सोमबार, २६ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट