logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    988
    SHARES
    किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले सोमबार एक सूचना जारी गरी दुई जना संस्थापकको नाममा रहेको १२ हजार ८४० कित्ता र ६ हजार ४२० कित्ता गरी जम्मा १९ हजार २६० कित्ता सेयर बिक्री गर्न लागिएको जनाएको छ ।



     

    हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै उक्त सेयर खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई कैलालीको लम्कीचुहामा रहेको लघुवित्तको केन्द्रीय कार्यालय वा काठमाण्डौ मण्डीखाटारमा रहेको कर्पोरेट कार्यालयमा आवश्यक कागजातसहित लिखित निवेदन दिनुपर्नेछ ।

    साथै, तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न प्रक्रिया थालिने लघुवित्तले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ११ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट