काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम नगर्न पुनः निर्देशन दिएको छ ।
मन्त्रालयले मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक तथा मेडिकलमा काम नगर्न निर्देशन दिएको हो । मन्त्रालयले निजी अस्पतालमा उपचारका लागि आउन भनेर सञ्चारमाध्यममा विज्ञापन गर्न पनि रोक लगाएको छ ।
मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा निजीमा काममात्रै नभई उक्त प्रयोजनका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि निर्देशन दिइएको छ । निर्देशन अटेर गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनी पनि मन्त्रालयले दिएको छ ।
अर्थ चाैतारी ।