logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • तराईमा अझै केही दिन तातो हावा तथा लहरको सम्भावना

    तराईमा अझै केही दिन तातो हावा तथा लहरको सम्भावना

    897
    SHARES
    तराईमा अझै केही दिन तातो हावा तथा लहरको सम्भावना

    काठमाण्डौ । देशको तराई भूभागमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना छ । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



     

    “लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ,” महाशाखाले शनिबार अपराह्न जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।

    “ती भूभागहरूमा आगामी पाँच दिन २०८१ वैशाख १६ गतेदेखि २०८१ वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ,” बुलेटिनमा उल्लेख छ ।


    अर्थ चाैतारी
  • शनिबार, १५ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट