logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सेयर बजारमा २४.५८ अंकको गिरावट, कारोबार रकम ३ अर्ब ७९ करोड

    सेयर बजारमा २४.५८ अंकको गिरावट, कारोबार रकम ३ अर्ब ७९ करोड

    2.1K
    SHARES
    सेयर बजारमा २४.५८ अंकको गिरावट, कारोबार रकम ३ अर्ब ७९ करोड

    काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २४.५८ अंकले घटेर बन्द भएको छ। नेप्से २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा झरेको हो।



    यसदिन ३१६ स्क्रिप्सको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँमा खरिदबिक्री भए। यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा समूह बाहेक अन्य सबै समूहमा गिरावट आएको छ । यसदिन कारोबारमा आएका ४२ स्टकको मूल्य बढ्दा १९६ वटाको घट्यो भने ७ वटाको मूल्य स्थिर रह्यो।

    दोल्ती पावरको सेयर सर्वाधिक ९.५६ प्रतिशतले बढ्यो। यसैगरी साधना लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको ८.७२ प्रतिशले बढ्यो। कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। यो कम्पनीको १२ करोड ६४ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भयो।

     

    यसैगरी हिमालयन डिस्टिलरीको ११ करोड ९० लाख,पोखरा फाइनान्सको ११ करोड ७० लाख,आईएमई लाइफ इन्स्योरेन्सको ११ करोड ५ लाख र साइन रेसुंगा डेभलपमेन्टको ९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।


    अर्थ चाैतारी
  • आइतबार, २३ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट