काठमाण्डौ । बुधबार सेयर बजार ०.२१ अंकले घटेर १९६०.६० बिन्दुमा झरेको छ।
आज ३०५ कम्पनीको ७४ लाख कित्ता सेयर ४१ हजार १३७ पटक खरिद बिक्री हुँदा २ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबार रकम भने बढेको छ । मंगलबार २ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज वित्त ३.११, हाइड्राेपावर ०.०२, लघुवित्त २.७६ र ट्रेडिङ ०.१५ प्रतिशतले बढेको छ । त्यस बाहेकका सबै समूह नकारात्मक छन् । आज १२४ कम्पनीको सेयर घटेको । १०७ कम्पनीको बढेको छ भने १२ कम्पनीको स्थिर छ।
आज सबैभन्दा धेरै फस्ट माइक्रो फाइनान्सको कारोबार भएको छ । कम्पनीको १० करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको हो। त्यस्तै आज सबैभन्दा धेरै कमाउनेमा इन्फिनिटि लघुवित्त रहेको छ । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
अर्थ चाैतारी ।